बैखरी अनलाइन, तौलिहवा ।
कपिलवस्तुस्थित सुठौली भन्सार कार्यालयका कर्मचारीहरुले लुटतन्त्रसंगै दादागिरी मच्चाएको खुलासा भएको छ । छोटी भन्सारबाट मुल भन्सारका रूपमा स्तरोन्नति भएको उक्त भन्सार कार्यालयका प्रमुखको रिसको झोकमा व्यवसायी परेका छन् ।
वैखरी अनलाईनमा बुधबार “कपिलवस्तुको सुठौली भन्सारमा कर्मचारीको लुटतन्त्र : दैनिक एक लाखभन्दा बढी घुस” भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि कार्यालय प्रमुख चुरा बहादुर सर्तुङ्गीले मिडियालाई भन्ने को हो ? भन्दै शुक्रबार दिनभर तमासा नै गरे ।
उनले नियमानुसार भारतबाट नेपाल आउने गाडीलाई साँझ ५ बजेसम्म रोकेर राखेर मिडियामा जाने को हो ? भन्दै सोधपुछ गरेको खुल्न आएको छ ।
कार्यालय प्रमुखको यस्तो दादागिरीले सम्पुर्ण व्यवसायीहरु चिन्तित भएको व्यवसायीहरुले गुनासो गरेका छन् । दिनभर खाना, नास्ता नखाई आफुहरु भन्सार कार्यालयमै बस्नु परेको उनीहरुको भनाई छ ।
यतिबेला भन्सार कार्यालयमका भित्रि कुराहरु मिडियामा लगेको भन्दै भन्सारका कर्मचारी आक्रोसित भएका छन् ।
यो पनि पढ्नुहोस् : https://www.waikhari.com/2023/06/99022/