बुटवल ।
पाल्पा लैजाँदै गरिएको एक ट्रक अवैध मल बरामद भएको छ ।
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी कालिगण्डकी करिडोर खण्डमा प्रहरीले अवैध मल बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार नवलपरासीबाट पाल्पातर्फ लैजाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकबाट ३७२ बोरा अवैध मल बरामद गरिएको हो ।








