सर्लाहीको हरिपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमान ५० वर्षका राजाराम साहको कुटपिटबाट गम्भीर घाइते भएकी हरिपुर नगरपालिका–६ की इन्द्रकला देवीको शनिबार मृत्यु भएको हो।
जेठ २२ गते राजारामले श्रीमती इन्द्रकलालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। कुटपिटबाट गम्भिर घाइते भएकी उनलाई तत्काल नवलपुरस्थित अस्पताल पु¥याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि तत्काल वीरगंज लगिएको आफन्तको भनाइ छ। तर, वीरगन्जबाट पनि २३ गते नै घर ल्याएर राखेपछि इन्द्रकलाको स्वास्थ्य थप जटिल भएको थियो ।
मृतक महिलाको शव आधा जलेको अवस्थामा प्रहरीले चिताबाट निकालेर नियन्त्रणमा लिएको छ। कुटपिटबाट मृत्यु भएकी महिलाको शव गुपचुप जलाउँदै गरेको खबर पाएपछि हरिपुर ईलाकाबाट गएको प्रहरी टोलीले शव नियन्त्रणमा लिएर परीक्षणको लागि प्रदेशिक अस्पताल पठाएको हो।