गृहपृष्ठ Featured रुपन्देहीमा एकाविहानै स्कार्पियो दुर्घटना : अर्घाखाँचीका एक युवकको मृत्यु, ५ घाइते

रुपन्देहीमा एकाविहानै स्कार्पियो दुर्घटना : अर्घाखाँचीका एक युवकको मृत्यु, ५ घाइते

प्रकाशित मिति:

बुटवल ।

भैरहवा बुटवलका सडक खण्ड  अन्तर्गत रुपन्देहीको तिलोत्तमा आज बिहानै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भैरहवाबाट बुटवल तर्फ आउँदै  गरेको  बा २० च १४३८ नम्बरको स्कार्पियो तिलोत्तमाको योग कुटीमा आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा अर्घाखाँची छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँमा १७ वर्षीय सुसान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ तथा ३५ वर्षका विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको बुटवल स्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको इलाका  प्रहरी कार्यालयले बुटवलले प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार