वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिका १० ले अपांगयुक्त व्यक्तिलाई ह्विल चियर वितरण गरेको छ । वडाको लक्षित वर्गतर्फको कार्यक्रम अन्तर्गत वडाभित्रका ४ जना अपांगयुक्त व्यक्तिलाई ह्विल चियर वितरण गरिएको वडा सचिव सन्त प्रसाद चौधरी ‘सन्तोष’ ले जानकारी दिए ।
वडाअध्यक्ष यमप्रसाद पोख्रेलले अपांगता भएका व्यक्तिहरुको मागलाई मध्येनजर गर्दै ह्विल चियर वितरण गरिएको बताए । निति तर्जुमा गर्दा वडाले अपांङ्गता क्षेत्रलाई विषेश प्रथामिकता दिएको र आगामी बर्षमा पनि यसता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ ।
अपांगता भएकालाई जीविकोपार्जनका लागी वडाले विशेष पहल गर्ने बताउँदै उनले भने, ‘विभिन्न सिपयुक्त कार्यक्रममार्फत आयआर्जनमा जोडिन आवश्यक छ । जसले दैनिक जीवनयापन गर्न सहजहोस् ।’
अध्यक्ष पोख्रेलले जोकसैलाई पनि यस्तो अवस्था आईपर्न सक्ने भन्दै अपाङ्गताको समस्या सबैको साझा समस्या भएको बताए । अपाङ्गता भएका व्यक्तिले पनि समाजलाई योगदान दिन सक्ने भएकोले उनीहरुको क्षमतालाई समाजको लागी उपयोग गर्नु पर्ने बताए ।








