गृहपृष्ठ Featured कपिलवस्तुका राष्ट्रिय खेलाडी थारुको स्वास्थ्य अवस्था जटिल, उपचारमा रकम अभाव

कपिलवस्तुका राष्ट्रिय खेलाडी थारुको स्वास्थ्य अवस्था जटिल, उपचारमा रकम अभाव

एथ्लेटिक्सतर्फका किर्तिमानी राष्ट्रिय खेलाडी तुलसीराम थारु एक्कासी गम्भिर विरामी भएका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बन्डिहुलि घर भएका उनको स्वास्थ्यमा अचानक समस्या आएपछि रातारात एम्बुलेन्समार्फत् काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा ल्याएर भर्ना गरिएको छ ।

भाइ गम्भिर विरामी भएको थाहा पाएपछि वैदेशिक रोजगारीमा रहेका उनका दाजु प्रभु थारु अकस्मात नेपाल आएका छन् । अहिले उनले भाइको उपचार गरिरहेका छन् ।

प्रभु थारुका अनुसार तुलसीरामको शरीरमा सेतो रगत निकै कम देखिएको छ । त्यसैकारण उनी गम्भिर विरामी भएका हुन् । अहिले उनको शरीरमा सेतो रक्त चढाउने काम भइरहेको छ ।

भाइको टाउकोमा पनि रगत जमेकाले थप समस्या भएको उनले बताए । सेतो रगत चढाएपछि बल्ल टाउकोको अप्रेसन गर्नुपर्ने चिकित्सकले बताएका प्रभुरामले जानकारी दिए ।

चिकित्सकले एकदुई दिनभत्रि अप्रेसन गर्ने बताएका छन् ।

सामान्य आर्थिक अवस्था भएकाले भाइको उपचारमा रकम अभाव भएको प्रभुले बताए ।

एक्कासी समस्या भएपछि अस्पताल आउँदा धेरै पैसा नभएको उनले दुखेसो सुनाए । पैसा खोज्ने समेत समय नभएकाले अहिले यसो उसो गरेरै काम चलाएको प्रभु थारुको भनाई छ ।

खेलबाट आफ्नो भाइले जिल्लाको नाम राखेकाले पालिकाहरुले सहयोग गर्ने उनले विश्वास लिएका छन् । तुलसीराम नेपालकै लागि सम्भावना बोकेका एथ्लेटिक्स खेलाडी हुन् ।

२० बर्षकै उमेरमा रिले दौडमा रेकर्ड कायम गरी उनी जुनियरतर्फ नेपाल फस्ट भएका थिए भने केहि महिना अघि भएको राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा पनि प्रथम भएका थिए ।

उनी अहिले स्थानीय कनकमुनी उच्चमावि जगदिशपुरमा कक्षा १२ मा अध्ययन गर्दछन् । स्थानीय र राष्ट्रिय गरी उनले थुप्रै पुरस्कारहरु पाएका छन् ।
सहयोगको लागि :
प्रभु थारु चौधरी
खाता नं. ०२९१५१२७९२१, सिद्धार्थ बैङक
सम्पर्कः ९८४८३०१४१०

सम्बन्धित् समाचार