वैखरी अनलाइन, तौलीहवा ।
कपिलवस्तुस्थित सुठौली भन्सार कार्यालयका कर्मचारीहरुले लुटतन्त्रसंगै दादागिरी मच्चाएको खबर वैखरी मिडियामा आएपछि कर्मचारी आत्तीएका छन । आफुहरुले लिने गरेको घुस बारे मिडियामा आएपछि कर्मचारी आत्तीएका हुन ।
कार्यालय प्रमुख चुरा बहादुर सर्तुङ्गी, कर्मचारी बाबुराम बस्याल, जिवन खत्रीले सुठौली भन्सारमा एजेण्टको सेटिङ मार्फत दैनिक लाख बढि रकम लिने गरेका छन ।
प्रमुखसहित यी कर्मचारीले “आफुहरुको बदनाम भयो, सबै कुरा बाहिर आयो, अव सचेत बन्नुपर्छ ” भनी एजेण्टलाई बिज्ञप्ती निकाल्न लगाएको पाइएको छ ।
भन्सारका कर्मचारी बाबुराम बस्यालले एजेण्टलाई “तपाइ हामी मिलेर कमाउने हो, अहिले अवस्था त्यस्तै भयो, समाचारको खण्डन गरे सहयोग गर्नुप¥यो ” भनेपछि आफुहरुले सो बिज्ञप्ती निकाल्न बाध्य भएको स्रोतले बतायो ।
भन्सारका कर्मचारीले बिज्ञप्ती ननिकाले कामकाज ठप्प पार्ने भन्दै कर्मचारी बस्यालले धम्की दिएपछि सो बिज्ञप्तीमा हस्ताक्षर गर्न बाध्य भएको एक एजेण्टले बताए ।
सोमबार साझ बिज्ञप्ती निकालेपछि भन्सारका कर्मचारी र एजेण्टबिच एक हप्ताका लागी भन्सारमा कडाई गर्ने सहमति भएको खुलेको छ । हालसम्म बिना तौल गाडी पारि भारतबाट वारी नेपाल आउदै गरेकोमा आजबाट तौलीएर मात्र गाडी भन्सारबाट छुट्न पाउने ब्यवस्था सुरु गरेका छन ।
जसका कारण भारतबाट सामान ल्याएको लोड गाडीको तौल ३३ टन भएतापनि कागजमा २५ टनसम्म देखाएर यसअघि कर्मचारी र एजेण्ट मिलेर कमाउने खेलोमा भने कमी आउनेछ ।








