गृहपृष्ठ Featured जुवातास खेलिरहेका १३ जना पक्राउ

जुवातास खेलिरहेका १३ जना पक्राउ

काठमाडौं । 

काठमाडौं महानगरपालिका-११ भोटेवहाल शान्तिमार्गमा जुवातास खेलिरहेका १३ जनालाई पक्राउ परेका छन्। सोमबार साँझ प्रहरीले शेरबहादुर शेरचनको घरमा जुवातास खेलिरहेका १३ जनालाई पक्राउ गरेको प्रहरी वृत्त कालिमाटीले जनाएको छ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार रूपैयाँ, १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रङ्को कोईन १ सय १९ थान र जुवाको हिसाब राखेको कपीसहित फेला पारेको हो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित् समाचार