गृहपृष्ठ Featured बर्दिया राष्ट्रिय निकुञ्‍ज : खाग र बाघका दाह्रा गायब पार्नेको अझै खुलेन पहिचान

बर्दिया राष्ट्रिय निकुञ्‍ज : खाग र बाघका दाह्रा गायब पार्नेको अझै खुलेन पहिचान

काठमाडौँ ।

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय परिसरबाट गैंडाको खाग र बाघका २५ वटा दाह्रा गायब पार्ने घटनामा संलग्न दोषीहरू अझै पक्राउ परेका छैनन् । २०७९ साल असोज ५ मा निकुञ्जको स्टोरबाट खाग र दाह्रा गायब पारिएको खुलेको थियो ।

स्टोर शाखामा रहेको सामान बुझबुझारथ गर्ने क्रममा खाग र दाह्रा गायब भएपछि केही दिन कार्यालयभित्रै गुपचुप राखिएको थियो । खाग र दाह्रा नभेटिएपछि असोज १३ गते मात्रै निकुञ्ज कार्यालयलाई स्टोर शाखाले खाग र दाह्रा हराएको लिखित जानकारी दिएको थियो ।

त्यसबेला स्टोर शाखामा भएका ३ वटा खागमध्ये २ वटा र ४५ वटा बाघको दाह्रामध्ये २० वटा मात्रै भेटिएको थियो । घटना भएको ८ महिना बितिसक्दा पनि निकुञ्ज कार्यालयले खाग र दाह्रा गायब पार्नेलाई पक्राउ गर्न सकेको छैन । उक्त घटना महिना दिनसम्म गुपचुप राखिएको थियो ।

सम्बन्धित् समाचार