गृहपृष्ठ Featured पाल्पामा लिची टिप्ने क्रममा एक महिलाको मृत्यु

पाल्पामा लिची टिप्ने क्रममा एक महिलाको मृत्यु

बुटवल ।

पाल्पामा लिची टिप्ने क्रममा एक महिलाको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका– ९ फक्टुङकी ४५ वर्षीया धना खाणको रुखबाट लडेर मृत्यु भएको हो ।
आफ्नै बारीमा रहेको रुखमा चढेर लिची टिप्दा सोमबार दिउँसो करिब २ बजे उनी लडेकी थिइन्।

गम्भीर घाइते उनको तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार हुँदै गर्दा बेलुकी पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार