कपिलवस्तु ।
गैर सरकारी संस्था महासंघ कपिलवस्तुको १२ औ साधारण सभा तथा आठौ अधिबेशनबाट जय प्रकाश पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्बिरोधरुपमा निर्वाचित भएका छन । समितिको उपाध्यक्षमा रामशरण रैदास, सचिवमा कृष्ण कुमार द्धिबेदी, कोषाध्यक्षमा शोभा आचार्य सह सचिवमा मनोजराज पन्थी रहेका छन ।
सदस्यमा पदेन सदस्य प्रबीण कुमार श्रीवास्तव, रामेन्द्र सिंह रावल, दिलिप यादव, मोहोम्मद मुस्तफा, माया नेपाली, मुन्नालाल पाल, सोनिया श्रीवास्तव, अजय चौधरी, शिवानन्द बर्मा र फरजाना खातुन रहेका छन । यस अघि सभा र अधिबेशनको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले पछि परको जिल्लालाई माथी उठाउन सबैले हातेमालो गर्नु पर्ने बताए । उनले जिल्लाको समग्र विकासकालागि गैर सरकारी संस्थाहरुको समते महत्वपुर्ण भुमिका हुने बताए ।
सो अवसरमा प्रजिअ शंकरहरि आचार्यले कपिलवस्तुको विकासलागि ठोस पहल गर्नु पर्ने बताए । उदघाटन सत्र प्रबीण कुमार श्रीवास्तवको अध्यक्षता र रामशरण रैदासको संचालमा भएको कार्यक्रममा प्रदेश ईन्चार्ज गोबिन्द प्रसाद रेग्मी, केन्द्रिय सदस्य संजय लम्साल पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, गैसस महासंघका पुर्व अध्यक्ष पोमनारायण पौडेल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा पुर्व अध्यक्षहरु सागर श्रेष्ठ, पोमनारायण पौडेल, राजेश शाक्य र शिवलाल यादवलाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो । कार्यक्रमा सचिव रामशरण रैदासले प्रगति र कोषाध्यक्ष कृष्ण द्धिबेदीले आथिृक प्रतिबेदन प्रस्तु्त गरेका थिए ।