काठमाडौं ।
क्रोसिया युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा नेदरल्याण्डसलाई ४–२ गोल अन्तरले पराजित गर्दै क्रोसिया फाइनलमा पुगेको हो।
निर्धारित ९० मिनेटको खेलमा दुवै देशले २–२ गोल गरेपछि खेल अतिरिक्त ३० मिनेट खेलाइएको थियो। अतिरिक्त समयमा क्रोसियाले थप २ गोल गरेको थियो।
क्रोसियाका लागि आन्द्रेज क्रमारिक, मारियो पासालिक, ब्रुनो पेटकोभिक र लुका मोड्रीचले एक एक गोल गरेका थिए। त्यस्तै नेदरल्याण्डसका लागि डोनयेल मालेन र नोआ लांगले एक एक गोल गरेका थिए।
अब क्रोसियाले नेसन्स लिगको फाइनामा स्पेन र इटालीबीचको विजेतासँग खेल्ने छ।
स्पेन र इटालीबीचको दोस्रो सेमिफाइनल खेल आजराति हुदै छ। युईएफए नेसन्स लिगको फाइनल खेल जुन १९ मा हुने छ।








