गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा किर्तिमानी राष्ट्रिय खेलाडी ‘तुलसीराम थारु बचाऊ’ अभियान सुरु

कपिलवस्तुमा किर्तिमानी राष्ट्रिय खेलाडी ‘तुलसीराम थारु बचाऊ’ अभियान सुरु

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

एथ्लेटिक्सतर्फका किर्तिमानी राष्ट्रिय खेलाडी तुलसीराम थारुको यतिबेला काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा अचेत अवस्थामा उपचार भईरहेको छ । कपिलवस्तु नगरपालिका ९ बन्डिहुली निवासी उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई एम्बुलेन्समार्फत् काठमाडौँ लगिएको थियो । उनलाई बे्रन हेम्रेज भएको खुल्न आएको छ ।

घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उनको स्वास्थ्य उपचारमा अहिले समस्या आईपरेको छ । उनको उपचारमा कुनै आर्थिक समस्या नआहोस् भनेर मीन पोख्रेलको संयोजकत्वमा सहयोग समिति गठन गरिएको छ । जसको सदस्यहरुमा मदन शाही, कृष्ण सुवेदी, संदिप चौधरी, पदम सेन र हरी अधिकारी रहेका छन् ।

घरको आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले तुल्सीरामको उपचारमा रकम अभाव हुन नदिन दिनरात सहयोग जुटाउन लागेको संयोजक मीन पोख्रेलले बताए । उनले कपिलवस्तुकै शानका रुपमा रहका खेलाडी तुल्सीरामको उपचारमा सहयोग गर्न अपिल समेत गरेका छन् ।
भाइ गम्भिर विरामी भएको थाहा पाएपछि वैदेशिक रोजगारीमा रहेका उनका दाजु प्रभु थारु अकस्मात नेपाल आएका छन् ।

तुलसीराम नेपालकै लागि सम्भावना बोकेका एथ्लेटिक्स खेलाडी हुन् । १८ बर्षकै उमेरमा रिले दौडमा रेकर्ड कायम गरी उनी जुनियरतर्फ नेपाल फस्ट भएका थिए भने केहि महिना अघि भएको राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा पनि प्रथम भएका थिए ।

उनी अहिले स्थानीय कनकमुनी उच्चमावि जगदिशपुरमा कक्षा १२ मा अध्ययन गर्दछन् । स्थानीय र राष्ट्रिय गरी उनले थुप्रै पुरस्कारहरु पाएका छन् ।
सहयोगको लागि :
प्रभु थारु चौधरी
खाता नं. ०२९१५१२७९२१, सिद्धार्थ बैङक
सम्पर्क : ९८४८३०१४१०

सम्बन्धित् समाचार