काठमाडौं ।
लुम्बिनी प्रदेश सरकारले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको माटो र पानी प्रयोग गरी कोसेली उत्पादन गर्ने कार्यक्रम ल्याएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेटले यस्तो घोषणा गरेको हो ।
प्रदेश सरकारको योजना अनुसार सो कोसेली उत्पादन र बजारीकरणमार्फत बृहत् स्वरोजगार सिर्जना गर्न १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको बजेट भाषणमा उल्लेख छ ।