गृहपृष्ठ Featured नेपालगन्जका कार्यवाहक वडाध्यक्ष र कार्यालय सहयोगी घुससहित पक्राउ

नेपालगन्जका कार्यवाहक वडाध्यक्ष र कार्यालय सहयोगी घुससहित पक्राउ

रुपन्देही ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका- १३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासी ९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले शुक्रबार कवडियासँगै कार्यालय सहयोगी गंगाराम बृजवासीलाई ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

कृषि अनुदानका लागि सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरी निवेदनका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित् समाचार