गृहपृष्ठ Featured एक हप्तादेखि बाणगंगाकी एक महिला छोरीसहित बेपत्ता

एक हप्तादेखि बाणगंगाकी एक महिला छोरीसहित बेपत्ता

प्रकाशित मिति:

बैखरी अनलाइन , बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका १० बालापुरकी एक महिला छोरीसहित बेपत्ता भएकी छिन् ।

३१ बर्षीय देवी थारु ९ बर्षीय छोरी सृष्टी थारुसहित बेपत्ता भएकी हुन् । उनीहरु जेठ २५ गतेदेखि सम्पर्क विहिन रहेको श्रीमान श्यामलाल थारुले वैखरीलाई जानकारी दिए ।

उनले ईलाका प्रहरी कार्यालय पिपरालाई जानकारी गराईसकेको जानकारी दिदैं भने, ‘एक्कासी आमाछोरी सम्पर्क विहिन छन् । खै कता गए ? केही अनुमान लाउन पनि ग्राहो छ । जान सक्ने सबैतिर बुझिसके तर केही पत्ता लाग्न सकेको छैन् ।’

बेपत्ता ति महिलाको माईत बाणगंगा नगरपालिका १० मा नै हो ।

कहीकतै कसैले देखे ९८४३५८६१८१,९८४९५९१०५० अथवा नजिकको प्रहरी कार्यालयमा सम्र्पक गर्नका लागी आग्रह गरिएको छ ।

सम्बन्धित् समाचार