वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले निति तथा कार्यक्रम शनिबार १३ औँ नगर सभाबाट पारित गरेको छ । बाणगंगा नगरपालिका ४ ठाकुरापुरस्थित पिस हिमालयन रिसोर्टमा भएको १३ औँ नगरसभाले आर्थिक बर्ष २०८०/८१ का लागी निति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।
निति तथा कार्यक्रम बाणगंगा नगरपालिक प्रमुख चक्र अर्यालले प्रस्तुत गर्दै आएका प्रश्नको समेत जवाफ दिएका थिए ।
बाणगंगा नगरपालिकाले “सेवाको वरिपरि जनता होइन, जनताको वरीपरि सेवा” भन्ने नारा दिएर नगरमा सुशासनका क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरेको छ ।
जसले गर्दा वडा तथा टोल टोलमा आवश्यक सबै किसिमका घुम्ती शिविरहरु सञ्चालन गर्दै नगरपालिका मातहतका निकायबाट प्रवाह गरिने सेवा सुविधाबाट नगरबासीमा आफनोपनको महशुस गराउने उदेश्यले र काम छिटो छरितो होस भन्नका लागी यस कार्यक्रमलाई अवको निति तथा कार्यक्रममा राखीएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए ।
यसैबिच निति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको नगर उपप्रमुख रिता कुमारी चौधरीले बताइन् । यस्तै बाणगंगा नगरपालिका २ पिपरामा रहेको पिपरा अस्पतालमा बिशेषज्ञसहितको सेवा बिस्तार गर्ने र सोका लागी आवश्यक बजेट समेत ब्यवस्थापन गर्दै बजेट छुट्टाउने निर्णय नगर सभाले गरेको उप प्रमुख चौधरीले बताइन् ।
निति तथा कार्यक्रममा बोल्दै नगर प्रमुख चक्र अर्यालले नगरभित्र समस्याका रुपमा रहेका छाडा गाइवस्तु ब्यवस्थापनका लागी आवश्यक बजेट बिनियोजन गरी काम सञ्चालन गरिने बताए ।
नगरको गौैरवको आयोजना अन्र्तगत नगर चक्रपथलाई सम्पन्न गरी नगर बस सञ्चालन गरीने, बसपार्क निमार्ण , बुद्ध रगंशाला र मायादेवि रगंशालाको स्तरन्नोती गरीने नगर प्रमुख अर्यालले बताए । नगरपालिकाले बिशेष गरेर भौतीक पुर्वाधार, शिक्षा, स्वास्थ्य,कृषि, रोजगारी, पर्यटन तथा खेलकुदका क्षेत्रलाई प्राथमिकता दिदै आर्थिक, सामाजिक, बन तथा वातावरण, पुर्वाधार र सस्थांगत सुशासनका बिषयमा केन्द्रित रहेर निति तथा कार्यक्रम ल्याएको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । सभामा वडा नः ५ का वडा सदस्य ज्ञान बहादुर कार्की, वडा नः १ की वडा सदस्य टोपकला बिसि वडा नः ९ की वडासदस्य चुरामणि अर्याल लगायतले पनि आआफनो धारणा राखेका थिए । निति तथा कार्यक्रम आज पारित गरेको बाणगंगा नगरपालिकाले असार ८ गते बजेट ल्याउने तयारी समेत गरेको छ ।
निति तथा कार्यक्रम यस्तो छ , क्लीक गरी पढनुहोस ।
नीति तथा कार्यक्रम २०८०।८१ फाइनल