वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिकाका विद्यालयमा दिएको विदा थप गरिएको छ । बाणगंगा नगर शिक्षा समितिको शुक्रबार बसेको बैठकले असार ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
यस अघि असार ३ अर्थात भोलिसम्मका लागी विदा दिएको थियो । सबै शैक्षिक संस्थाहरु बाँकी रहेको बर्षे र हिउँदे विदाबाट मिलान गर्ने गरि बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख खिमबहादुर जिसीले वैखरीलाई जानकारी दिए । नगरले दोस्रो पटक विदा थप गरेको हो ।
नगरपालिकाले पहिलो पटक गत जेठ २२ गतेदेखि २८ गतेसम्म विदा दिने निर्णय गरेको थियो भने पछि असार १ गतेसम्म सम्पुर्ण विद्यालय बन्द रहने जनाएको थियो ।
अब नगरका सामुदायिक र संस्थागत सबै विद्यालयमा असार ७ गते विहिबारदेखि नियमित पठनपाठन सुरु हुने छ ।
यस्तो छ सुचना :