गृहपृष्ठ Featured सुनको मूल्य सातामा प्रतितोला ७ सय रुपैयाँले घट्यो

सुनको मूल्य सातामा प्रतितोला ७ सय रुपैयाँले घट्यो

प्रकाशित मिति:

काठमाडौँ ।

यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो । जबकि, यो साताको शुक्रबारसम्म आइपुग्दा ७०० रुपैयाँ प्रतितोलाले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा आइपुगेको हो ।

यो साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार १०० रुपैयाँले घटेको थियो । यस्तै, मंगलबार तोलामा ३०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार ९०० ले घटेको थियो । यस्तै, बिहीबार ८०० ले घटेको मूल्य शुक्रबार फेरि ८०० ले नै बढेको थियो ।

यस्तै, यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार तोलामा १४ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार ३० रुपैयाँले घटेर १४ सय २५ रुपैयाँमा आइपुगेको हो ।

सम्बन्धित् समाचार