कपिलवस्तु ।
कपिलवस्तुकाे शंकरपुरमा माेटरसाईकल दुर्घटनामा ३५ बर्षिय एक युवककाे मृत्युु भएकाे छ । विजयनगर गाउँपालिका-४ मा शुक्रबार करिब ८ बजे बेलुका माेटरसाईकल दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार हल्लानगरदेखि जाेलाहीतर्फ जाने भित्री सडक खण्डमा युपी ४७ एबि २६९४ नम्बरकाे माेटरसाईकल अनियन्त्रित भई दुर्घटना भएकाे थियाे । विजयनगर गाउँपालिका-२ महुवाबारी घर भएका राकेश कुमार चौधरी दुर्घटनापछि घाइते भएका थिए ।
घाइते चाैधरीकाे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा गतराती मृत्युु भएकाे जनाइएको छ ।
मृतक चाैधरीसँग सवार रहेका गाउँपालिका वडा नम्बर-४ शंकरपुर घर भएका १८ बर्षिय बिशाल थारु घाईते रहेका थारुकाे प्रादेशिक अस्पतालमा उपचाररत रहेकाे ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।