गृहपृष्ठ Featured लुम्बिनी हबकाे ८औं SQC हब कन्भेन्सन ज्ञानपुञ्ज बाेर्डिङ स्कुलमा हुने

लुम्बिनी हबकाे ८औं SQC हब कन्भेन्सन ज्ञानपुञ्ज बाेर्डिङ स्कुलमा हुने

प्रकाशित मिति:
QUEST-Nepal Lumbini Hub काे हरेक वर्ष जस्तै यस वर्ष पनि ८ओैँ SQC हब कन्भेनसन यहि २०८० भाद्र २२ र २३ गते वाणगंगा -२ राजपुर कपिलवस्तुस्थित ज्ञानपुञ्ज बाेर्डिङ स्कुलमा हुने भएकाे छ ।
यस वर्ष लुम्बिनि हबकाे ईतिहासमै पहिलाे पटक २ दिने SQC हब कन्भेनसन हुने भएकाे छ । कपिलवस्तुका १५ वटा सदस्य विद्यालय रहेकाे SQC लुम्बिनि हबकाे याे कन्भेनसनमा काेर पाटाे तर्फ ४ वटा कार्यक्रम, काेलाबाेरेटिभ प्रतियोगिता तर्फ ५ वटा कार्यक्रम, वर्कसप तर्फ ५ वटा कार्यक्रम, साँस्कृतिक साँझ ईत्यादि कार्यक्रमहरु हुने हबका संयाेजक SQC मास्टर ट्रेनर मिलन भण्डारीले जानकारि गराउनुभएकाे छ ।
यस्तै भण्डारीले हालसम्म सदस्य विद्यालय र अवजर्भर गरि ८०० विद्यार्थिहरुकाे २ दिने शैक्षिक कुम्भ मेला हुने समेत जानकारि दिनु भयाे ।
कार्यक्रमकाे तयारि कन्भेनसन मुल आयाेजक समिति बनाएर सुरु भईसकेकाे र ज्ञानपुञ्ज विद्यालयका सम्पुर्ण शिक्षक शिक्षिका , कर्मचारि र सहभागी बाहेक अन्य १०० विद्यार्थीहरुकाे सहयाेगमा याे भव्य शैक्षिक मेला हुने र यसका लागि कपिलवस्तु प्याब्सन , वाणगंगा नगरपालिका शिक्षा समिति , QUEST-Nepal केन्द्रीय समिति , छिमेकि जिल्लाका SQC मास्टर ट्रेनर आदि सबैकाे सहयाेग र समर्थन रहने समितिका उप-संयाेजक ज्ञानपुञ्ज बाेर्डिङका प्रचार्य सुरेन्द्र पाण्डेले बताउनुभएकाे छ ।
यस कन्भेन्सनले SQC विद्यार्थिहरुका तयारिलाई सबैमाझ प्रष्फुटन गराउने , विद्यार्थीहरुकाे व्यक्तित्व विकास , नेतृत्व विकास गर्दै राम्रा र असल विद्यार्थी निर्माण गर्न ठूलाे टेवा पुर्याउने बताउनुभएकाे छ । समितिका सचिव अन्नपुर्ण विद्यालयका प्र.अ मदन मल्ल हुनुहुन्छ भने काेषाध्यक्ष ज्ञानपुञ्जका सह-प्राचार्य महेशराज पन्थ रहनुभएकाे छ ।
मुल आयाेजक समितिमा कपिलवस्तुका १५ विद्यालयका अरु १६ जना शैक्षिक व्यक्तित्वहरु हुनुहुन्छ । आयाेजकले तयारिसँगै विभिन्न चरणमा पत्रकार सम्मेलन गरि अरु आकर्षणहरु बारे जानकारि दिने सचिव मदन मल्लले बताउनुभएकाे छ ।

सम्बन्धित् समाचार