गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : एक हजार ६२ जना पत्रकारको सामूहिक दुर्घटना बीमा

लुम्बिनी प्रदेश : एक हजार ६२ जना पत्रकारको सामूहिक दुर्घटना बीमा

बुटवल ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको पहलमा लुम्बिनी प्रदेशका एक हजार ६२ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । प्रदेश सरकारको सहकार्यमा एक पत्रकार बराबर ६ लाख २५ हजार रुपैयाँको दुर्घटना बीमा गरिएको महासंघका प्रदेश महासचिव विक्रम खड्काले बताए ।

पत्रकारको दुर्घटना बीमाका लागि आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका शाखा अधिकृत तुल्सीराम पौडेल, राष्ट्रिय बीमा कम्पनी भैरहवाका शाखा प्रमुख सुशील पाण्डे र नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्

बीमाबाट पत्रकारको दुर्घटनाबाट मृत्यु भएमा स्थायी तथा अस्थायी अंगभंग भएमा औषधी उपचार तथा आतंकवादबाट हुने जोखिमको रक्षा  गर्ने बताइएको छ ।

पत्रकारको दुर्घटना बीमा गर्न आगामी वर्षको लागि पनि बजेट विनियोजन गरिएको आन्तरिक मामिला कानुन  तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिए ।

b

सम्बन्धित् समाचार