वैखरी अनलाईन, बाणगंगा ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कपिलवस्तु जिल्ला तदर्थ समितिको अध्यक्षको जिम्मेवारी नारायण बहादुर थापालाई दिएको छ । महासंघका केन्द्रिय सभापति ओमबहादुर घर्तीमगरले मनोनयन पत्रमार्फत थापालाई उक्त जिम्मेवारी दिएको जानकारी दिएका हुन् ।
बाणगंगा नगरपालिका- ९ निवासी थापाले वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा उम्मेदवार बनेका थिए । उनी युवा नेताका रुपमा परिचित छन् ।
३ महिनाभित्र महासंघको विधान बमोजिम संगठन निर्माण गरि जिल्ला अधिवेशन गर्ने गरि आफु अघि बढ्ने उनको भनाई छ । उनले पार्टी, लोकतन्त्र र मुलुकलाई समृद्ध बनाउन क्रियाशिल रहने प्रतिवद्धता जनाएका छन् ।