गृहपृष्ठ Featured बुटवलमा बाटो छेकेर बनाइएका संरचना भत्काइयो

बुटवलमा बाटो छेकेर बनाइएका संरचना भत्काइयो

प्रकाशित मिति:

रुपन्देही ।

बुटवलमा सार्वजनिक जग्गा मिचेर बनाइएको संरचनालाई डोजर लगाएर भत्काइएको छ । मेयर खेलराज पाण्डेको निर्देशनपछि बुटवल उपमहानगरपालिका-११ कालिका पथसँग जोडिएको दुर्गा टोलमा स्थानीय रामप्रसाद गैरेले अवैध रूपमा बनाएको संरचनामा उपमहानगरले डोजर चलाएको हो ।

कालिका पथदेखि पूर्वतर्फ जाने १२ फुटे बाटो ओगटेर भवन निर्माण गरेपछि २०७६ सालदेखि स्थानीयले विरोध जनाएका थिए ।

पीडितहरु माधव पछाई, विक्रम रिजाल, दधिराम भट्टराई, माधवप्रसाद भट्टराई, प्रशान्त भट्टचन लगायतले बुटवल उपमहानगरमा गुनासो लगेर गएपछि २०७८ माघ १० गते पत्र काटी एक हप्ता भित्र (माघ १६ गतेसम्म) सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना खाली गर्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले निर्देशन दिएका थिए ।

उक्त निर्देशनसँगै सार्वजनिक जग्गा मिचेर संरचना बनाएका रामप्रसाद गैरेकी पत्नी गीता गैरेले बुटवल उपमहानगरपालिका, उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारती र वडा नम्बर ११ लाई विपक्षी बनाई उच्च अदालत तुलसीपुर बुटवल इजलासमा २०७८ माघ १३ गते रिट दर्ता गराएका थिए ।

उक्त रिट उपर फैसला गर्दै अदालतले उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतले संरचना भत्काउनका लागि आदेश दिन नमिल्ने आशयको फैसला गरेको थियो । तर भवन संरचना सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ मा अख्तियारी र कार्यविधि अवलम्बन गरी उपमहानगर प्रमुखले भने संरचना भत्काउन दिन मिल्ने व्यवस्था रहेको छ ।

अदालतको फैसलासँगै उक्त समय यथावत रहेको विवाद समाधानका लागि स्थानीयले उपमहानगरमा २०७९ चैत्र १२ गते पुनः अर्को निवेदन दर्ता गराई न्यायको माग गरेका थिए ।

सम्बन्धित् समाचार