बाणगंगा, वैखरी अनलाईन ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको प्राविधिक शाखामा कार्यरत कर्मचारीहरुले विहिबार काम ठप्प पार्ने भएका छन् । उपभोक्ता समिति र जनप्रतिनिधिहरुले हुदैं नभएको कामको विल उठाउन दबाब दिने गरेको भन्दै उनीहरुले विहिबार काम ठप्प पार्ने एक विज्ञप्ति जारी गर्दै जनाएका छन् ।
‘विगत केही समयदेखि उपभोक्ता समिति र जनप्रतिनिधिहरुबाट निर्माण व्यवसायीको पक्षपोषण हुने गरि डर, धम्की तथा गालीगलौज गरि हुदैं नभएको कामको विल उठाउन दबाब दिने कार्य भएको र सो कारणले कर्मचारीहरुको मनोबल घटेको र काम गर्ने वातावरणमा असर पर्न गएको हुँदा उक्त कार्यको घोर विरोध तथा निन्दा गर्दछौं ।’ उक्त जारी विज्ञप्तिमा भनिएको छ ।
कर्मचारीहरुले प्राविधिक शाखामा पेन डाउन गरि सम्पुर्ण कामकाज बन्द गर्दै सम्बन्धित व्यक्तिलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन अनुरोध समेत गरेका छन् ।
ठेकेदारलाई पोस्ने गरी जनप्रतिनिधि र उपभोक्ता समितिले अनावश्यक दबाव दिदाँ आफुहरुको मनोबल समेत घटेको प्राबिधिक शाखा प्रमुख कुस्मावती देबी चौधरीले बताईन् । पालिकामा अहिले काम गर्ने वातावरणन नै नभएको उनको भनाई छ ।
आफुहरुलाई काम गर्ने वातावारण बनाईदिन पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई पटकपटक आग्रह गरेको उनले बताईन् । कर्मचारीहरुको बिरोधका कारण पालिकाको विकास निर्माणको काम प्रभावित हुनुका साथै लाखौ रकम फ्रिज हुने सम्भावन झनै बढेको छ ।
यस्तो छ कर्मचारीको विज्ञप्ति :