गृहपृष्ठ Featured बालेनको योजना : ५ हजार रोजगारी सिर्जनादेखि सांस्कृतिक सहर बनाउनेसम्म

बालेनको योजना : ५ हजार रोजगारी सिर्जनादेखि सांस्कृतिक सहर बनाउनेसम्म

प्रकाशित मिति:

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार राष्ट्रिय सभा गृहमा महानगरका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

उनको नीति तथा कार्यक्रममा कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना गर्नेदेखि सांस्कृतिक सहरसम्मका कुराहरु समावेश छन्।

महानगरपालिकाको दीर्घकालीन सोच ‘सांस्कृतिक सहर, समृद्ध महानग’ लाई केन्द्रमा राखेर सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदिनाला, डुबानरहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौं निर्माण गर्ने भनिएको छ।

त्यस्तै महानगरले कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश छ।

बजेटको पूर्णपाठ

सम्बन्धित् समाचार