गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिका : उपप्रमुखका श्रीमानको दादागिरी, कर्मचारीमाथि दुर्व्यवहार

कपिलवस्तु नगरपालिका : उपप्रमुखका श्रीमानको दादागिरी, कर्मचारीमाथि दुर्व्यवहार

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु नगरपालिकाकी उपप्रमुख सुनिता गुप्ताका श्रीमान संजय गुप्ताले नगरपालिकाका कर्मचारीमाथि दुरव्यवहार गर्ने गरेको खुल्न आएको छ ।

गुप्ताले नगरमा विभिन्न कामका लागी सेटिङ्ग मिलाउन खोज्ने गरेको र सेटिङ्ग नमिलेपछि नगरपालिका विरुद्ध अख्तियारमा उजुरी हाल्ने गरेको स्रोतले जानकारी दिएको छ । श्रीमान गुप्ता नेकपा एमाले निकट हुन भने उपप्रमुख सुनिता जसपाबाट निर्वाचित भएकी हुन् । स्रोतका अनुसार अहिले उपप्रमुख सुनिता आफुलाई कसैले महत्व नदिएको भन्दै नगरप्रमुख सुदिप पौडेलसंग रुष्ट छिन् ।

उनले नगरप्रमुखसंगको सम्बन्ध राम्रो नभएपछि त्यसको रिस कर्मचारीमा समेत पोख्ने गरेको एक कर्मचारीले नाम नखुलाउने सर्तमा वैखरीलाई बताए । उपप्रमुखका श्रीमान गुप्ताले यस अघिका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेललाई कार्यकर्ताका अगाडि नै गालीगलौज गरेका थिए ।

गुप्ताले दुरव्यवहार गरेपछि कर्मचारीले पेन डाउन गरि कामकाज ठप्प पारेको प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले वैखरीलाई बताए । कर्मचारीहरुले ‘दादागिरी बन्द गर’, ‘दादागिरी गर्न पाईदैन्’, ‘कर्मचारी एकता जिन्दावाद’, ‘काममा हस्तक्षेप गर्न पाईदैन्’ लगायतका नारा लगाएर कार्यालय अगाडि विरोध जनाएका छन् ।

यस विषयमा बुझ्न वैखरीले उपप्रमुखका श्रीमानलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

के हो घटनाक्रम ?

आज विहान १० बजेका लागी बजेट तर्जुमा समितिको वैठक बोलाईएको थियो । बैठकमा उपप्रमुख संयोेजक हुने प्रावधान छ । बैठकमा उपप्रमुखले आफ्ना श्रीमानलाई पनि बैठकमा बोलाउनु पर्ने प्रस्ताव राखेपछि बजेट तर्जुमा समितिका सदस्यहरुले त्यसलाई ठाडै अस्वीकार गरे अर्थात मनोनयन हुदैन् भने ।

त्यति भन्नासाथ उपप्रमुख बैठक छाडेर घर गईन् । त्यसपछि उनका श्रीमान गुप्ता नगरपालिकाको कार्यालय आएर कर्मचारीलाई गालीगलौज गर्दै दुरव्यवहार गरे ।

सम्बन्धित् समाचार