गृहपृष्ठ Featured भोलि बाणगंगा नगरपालिकाको बजेट प्रस्तुत हुदैं

भोलि बाणगंगा नगरपालिकाको बजेट प्रस्तुत हुदैं

अशोक पौडेल, बाणगंगा ।

बाणगंगा नगरपालिकाको कार्यापालिका बैठक सम्पन्न भएको छ । भोलि शनिबार बाणगंगा नगरपालिका- ४ स्थित पिस हिमालयन रिर्सोटमा बजेट सार्वजनिक गरिदैं छ । १४ औं नगरसभाको तयारी स्वरुप उक्त सम्पन्न भएको नगर प्रवक्ता विष्णु पौडेलले बताए ।

बैठकले आगामी आर्थिक बर्षको निति तथा बजेटसहित विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र शिक्षा नियमावली संशोधनका विषयमा निर्णय गरि १४ औं नगरसभामा पेश गर्ने निष्कर्ष निकालेको उनले बताए ।

बाणगंगा नगरपालिकाले गत असार २ गते नै निति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । उनले सोही निति तथा कार्यक्रमलाई टेकेर बजेट प्रस्तुत हुने र असारको तेस्रो साता नै सार्वजनिकिकरण गर्ने तयारी रहेको जानकारी दिए ।

सम्बन्धित् समाचार