वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिकाको बजेट प्रस्तुत हुने कार्यक्रम स्थगित भएको छ । बाणगंगा नगरपालिका- १० का वडाध्यक्ष यमप्रसाद पोख्रेललाई डिविजन वन कार्यालय तौलिहवाले शुक्रबार नियन्त्रणमा लिई हिरासतमा राखेपछि बैठक स्थगित भएको हो ।
बाणगंगा नगरपालिका- ४ स्थित पिस हिमालयन रिर्सोटमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम थियो । बैठकमा नगरसभाका सदस्यहरुले बैठक स्थगितको माग गरेपछि नगरसभाका अध्यक्ष चक्रपाणी अर्यालले अर्को सुचना जारी नहुँदा सम्मका लागी बैठक स्थगित गरिएको जानकारी गराएका हुुन् ।
बाणगंगा नगरपालिकाले गत असार २ गते नै निति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
यस्तो छ नगरसभा स्थगित भएको सुचना :