बुटवल ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले भैरहवामा रमानन्द बानियाँको घर घेराउ गरेका छन् । सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी बानियाँको घर मिटरब्याजी पीडितहरुको आग्रहमा नियन्त्रणमा लिइएको नेकपाले दाबी गरेको छ ।
पीडित ऋणीको उपस्थितिमा नेकपाले शनिबार भैरहवास्थित मिलन चोक र बुद्धचोकमा रहेको बानियाँको घर घेराउ गरेको विप्लव समूहका जिल्ला नेता वीरेन्द्र विकले बताए ।








