गृहपृष्ठ Featured लुम्बिनी प्रदेश बजेट : सत्ता पक्षकै सांसदले गरे पास हुन नदिने घोषणा

लुम्बिनी प्रदेश बजेट : सत्ता पक्षकै सांसदले गरे पास हुन नदिने घोषणा

प्रकाशित मिति:

रुपन्देही ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले पेश गरेको आगामी वर्षको बजेटमा सत्ता पक्षकै सांसदहरूले गम्भीर असहमति जनाउँदै यथास्थितिमा बजेट पास हुन नदिने घोषणा गरेका छन् ।

उनीहरूले आफूहरूलाई योजना छनौट गर्न लगाएर लिस्ट माग्ने तर बजेटमा नसमेट्ने गरेर आफूहरूमाथि अन्याय गरेको बताउँदै यथास्थितिमा बजेट पास हुनै नदिने बताएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी निकट नेपाली कांग्रेसका सांसद जमुना ढकालले आफैले पठाएका योजना काटिएर आएपछि यस्तो अवस्थामा बजेट पास हुन नसक्ने बताइन् ।

सांसद ढकालले भनिन्, ‘यथास्थितिमा बजेट पास हुन्न, हामी टेबल ठोक्न प्रदेश सभामा गएका होइनौँ, निर्णय गरेको कुरा कार्यान्वयन भएन भने कसरी जाने ? अर्थमन्त्रीले मिस्टेक भएको बताउनुभएको छ, योजना ढिलो आए भनेर टार्नुभयो तर हामीले समयमा दिएका थियौँ , म जस्तै धेरै माननीयले यस्तो गुनासो गर्नुभएको छ ।’

सांसदहरूले स्थानीय तह वित्त हस्तान्तरणतर्फको आयोजना तथा कार्यक्रम अर्थात् सशर्त अनुदानमा सत्ता गठबन्धनको सहमति विपरीतको बजेट आएको बताएका छन् । उनीहरूले भूगोल र जनसंख्याका आधारमा समान बजेट हुनुपर्नेमा मुख्य र अर्थमन्त्री केन्द्रित बजेट ल्याएको भन्दै गम्भीर आरोप लगाएका छन् ।

ढकालले अर्थमन्त्रालले एकल शैलीमा आफू अनुकुल बजेट ल्याएको भन्दै स्थानीय तहसँग समन्वय गरी पठाएका सशर्त अनुदानका योजना पूरै कटौती भएकाले त्यो नसच्चिँदासम्म बजेट पास हुन नसक्ने बताइन् ।

गुल्मीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद धनेन्द्र कार्कीले आफूले सिफारिस गरेका योजना काटिएको तर सिफारिस नै नगरेका योजना बजेटमा परेकाले बजेट कसले बनायो भन्ने प्रश्न उठेको बताए ।

सम्बन्धित् समाचार