गृहपृष्ठ Featured बाणगंगा नगरपालिकाद्धारा डेढ अर्ब बढीको बजेट सार्वजनिक

बाणगंगा नगरपालिकाद्धारा डेढ अर्ब बढीको बजेट सार्वजनिक

अशोक पौडेल, बाणगंगा ।

बाणगंगा नगरपालिकाले आगामी वर्षका लागि डेढ अर्ब बढीको बजेट सार्वजनिक गरेको छ । शनिबार १३ औ नगर सभामा उपप्रमुख रिता कुमारी चौधरीले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि डेढ अर्ब बढीको बजेट पेस गरेकी हुन् । उपप्रमुख चौधरीले १ अर्ब ५६ करोड ३२ लाख ९३ हजार रुपैयाँको रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।

संघीय सरकारबाट प्राप्त शसर्त चालु बजेट ४४ करोड ९५ लाख, पूँजीगत ३ करोड ४५ लाख, संघीय विशेष ५० लाख, संघीय समपुरक ६० लाख गरी जम्मा ४९ करोड ५० लाख, प्रदेशबाट प्राप्त शसर्त चालु ५८ लाख, पूँजीगत १ करोड ३२ लाख, प्रदेश समपुरक १ करोड ५० लाख गरी जम्मा ३ करोड ४० लाख, सामाजिक सुरक्षातर्फ ३७ करोड र योजना तथा कार्यक्रमको लागत सहभागिता ३ करोड ५० लाख गरी जम्मा ९० करोड ८० लाख विनियोजन गरिएको उनले बताईन् ।

उनका अनुसार बाँकी ६२ करोड ५९ लाख ९२ हजार बजेटबाट आर्थिक विकास ९ करोड ४४ लाख ९३ हजार, सामाजिक विकासमा ५२ करोड, पूर्वाधार विकासमा ३६ करोड ५२ लाख ५० हजार, वन वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ११ लाख र संस्थागत सुशासनको क्षेत्रमा २० करोड २४ लाख ५० हजार विनियोजन गरिएको छ ।

सम्बन्धित् समाचार