गृहपृष्ठ Featured सहमतिपछि रिहा भए बाणगंगा- १० का वडाध्यक्ष पोख्रेल

सहमतिपछि रिहा भए बाणगंगा- १० का वडाध्यक्ष पोख्रेल

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिका- १० का वडाध्यक्ष यमप्रसाद पोख्रेल रिहा भएका छन् । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल र नगर प्रवक्ता विष्णु प्रसाद पौडेल तौलिहवास्थित डिभिजन वन कार्यालयमै गई सहमति गरेपछि उनी रिहा भएका हुन् ।

केही छिन अघि मात्रै पोख्रेल रिहा भएको बताईएको छ । उनीहरुबीच के विषयमा सहमति भयो भन्ने विषयमा भने खुलाईएको छैन् ।

उनीलाई डिभिजन वन कार्यालय कपिलवस्तुले शुक्रबार साँझ नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।

बाणगंगा नगरपालिका- १० स्थित मायादेबी साझेदारी वनको अतिक्रमण हटाउने कार्यमा अवरोध गरेको भन्दै वडाअध्यक्ष पोख्रेललाई नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित् समाचार