वैखरी अनलाईन, बाणगंगा ।
कर्मचारीमाथी दुरव्यवहार गर्ने कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज कुमार गुप्तालाई कारबाही गर्न कार्यपालिकाको बैठकबाट माग गरिएको छ । आईतवार हुने नगरपालिकाको १४ औ नगरसभालाई लक्षित गरी नगरपालिका कार्यपालिकाको शनिवार बैठक बसेको थियो ।
सोही बैठकले प्रमुख प्रशाकीय अधिकृत र कर्मचारीलाई दुरव्यवहार र गालीगलौच गर्ने संजयलाई कारबाही गर्नु पर्ने माग सहितको निर्णय भएको हो । प्रमुख प्रशाकीय अधिकुृत गणेश प्रसाद अर्यालले संजयलाई कानुन बमोजिम कारबाही गरिनु पर्ने कार्यपालिको बैठकले निर्णय गरी माग गरेको बताए ।
दुरव्यवहारको बिरोधमा कर्मचारीहरु शुक्रबार देखि पेनडाउन गरी बिरोधमा उत्रिएका छन् । काम गर्ने वातावरण र दोषी उपर कानुन अनुसार कारबाही नभए सम्म पेनडाउन जारी रहने कर्मचारीहरुले लिखित निर्णय समेत गरेका छन् । बैठकले जारी पेन डाउन स्थगित गरी काममा फर्कन आग्ह गर्ने समेत कार्यपालिका बैठकले निर्णय गरेको छ । गुप्ता अहिले फरार छन् ।
उप मेयर सुनिता गुप्ताका श्रीमान धिरज गुप्ताले प्रमुख प्रशाकीय अधिकृत सहीत कर्मचारीहरुलाई गाली गलौच गरी दुब्र्यवहार समेत गरेको भन्दै कपिलवस्तु नगरपालिकाका कर्मचारीहरुले शुक्रवार दिउसो देखि पेन डाउन गरी बिरोध प्रर्दशन उत्रेका छन । प्रमुख प्रसाकीय अधिकृत अर्यालले कर्मचारीहरुमाथी गालीगलौच र दुब्र्यवहार गर्ने गुप्तामाथी प्रचलित कानुन अनुसार कारबाही गर्न प्रहरी कार्यालय उजुरी समेत दिएका थिए ।
उता प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले संजयमाथी कर्मचारीहरुलाई दुब्र्यहर गरको भन्दै कानुन अनुसार कारबाही गर्न लिखित उजुरी आएको बताए । उनीमाथी कानुन बमोजिम कारबाही प्रकृया अघि बढाउने बस्नेतले बताए । उनको खोजी जारी रहेको बताए ।