गृहपृष्ठ Featured खेलकुद क्षेत्रमा बाणगंगाको चासो ः रगंशाला निमार्णका लागी १ करोड

खेलकुद क्षेत्रमा बाणगंगाको चासो ः रगंशाला निमार्णका लागी १ करोड

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले खेलकुद क्षेत्रको बिकासमा बढि चासो दिदैँ बजेट बिनियोजन गरेको छ ।

जस अन्र्तगत बुद्ध रगंशालाका लागी ८० लाख र मायादेवि रगंशालाका लागी २० लाख बजेट बिनियोजन गरेपछि बाणगंगा युवामा तथा खेलप्रेमीमा उत्साह छाएको छ । खेलकुद क्षेत्रको पुर्वाधार बिकासका लागी नगरबाटनै करोड बजेट बिनियोजन गर्नु सकारात्मक पक्ष रहेको बाणगंगा ४ का सन्तोष सेनले वैखरी अनलाइनलाई बताए ।
आर्थिक बर्ष २०८०÷८१ शनिबार बजेट प्रस्तुत भएको थियो । जसमा खेलकुद क्षेत्रका अन्य गतिविधि गर्नका लागी २० लाख बढि बजेट समेत बिनियोजन भएको छ ।
शिक्षा, स्वास्थ्य र पुर्वाधारसगैँ खेलकुद क्षेत्रको बिकास गर्न आवश्यक रहेकाले क्रमिक रुपमा बजेट बिनियोजन गर्दै जाने नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले बताए ।

त्यस्तै मेयर कप, राष्टपति रनिङशिल्ड प्रतियोगिता तथा अन्य बिभिन्न प्रतियोगिता सञ्चालन गर्नका लागी २० लाख बढि रकम बिनियोजन गरेको नगर उप प्रमुख रिता चौधरीले बताइन ।

यसरी नगरकै लगानीमा खेलकुद क्षेत्रको बिकासका लागी यती धेरै बजेट बिनियोजन भएको पहिलो पटक भएको सरोकारवाला बताउछन ।

सम्बन्धित् समाचार