गृहपृष्ठ Featured कपिलवस्तुको यशोधरा : काममा मनपरि र ढिलासुस्ती, समयमा बजेट ल्याउन पनि असफल

कपिलवस्तुको यशोधरा : काममा मनपरि र ढिलासुस्ती, समयमा बजेट ल्याउन पनि असफल

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु जिल्लाका दक्षिणी पालिका विकास विकास र सुशासनका दृष्टिकोणले पछि परेका पालिकाका रुपमा परिचित छन् । त्यस मध्ये सबैभन्दा पहिलो नम्बरमा पर्छ यशोधरा गाउँपालिका । यो पालिका जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी भ्रष्टाचार हुने पालिकाका रुपमा देखिएको छ ।

स्रोतका अनुसार कामकै लागी पालिकाका प्रमुखदेखि प्रमुख प्रशासकिय अधिकृत कर्मचारीहरुले लाखौं रकमसम्म असुल्ने गरेको छन् । यस पालिकामा कामको गुणस्तरियता शुन्य जस्तै छ ।

यस पालिकाको नाममा अख्तियारमा उजुरीको ओईरो नै छ । पालिका अध्यक्ष शिवदयाल तिवारी, प्रमुख प्रशासकिय अधिकृत तेज बहादुर सिंह र लेखा अधिकृत निराजन राज लम्सालबीच पैसाका लागी सेटिङ्ग मिलाउन लाग्दा नमिलेपछि अहिले मनमुटाव सुर्जना भएको छ ।

जनताको सेवा गर्छ भनेर पालिका अध्यक्षमा निर्वाचित भएका तिवारीलाई पालिकावासीले भेट्न खोज्दा समेत समय नदिएको एक स्थानीयले गुनासो गरे । उनले प्रमुख प्रशासकिय अधिकृत सिंह मुस्किलले कार्यालय आउने गरेको र आए पनि सेवाग्राहीले पैसा नदिए काममा ढिलासुस्ती गर्ने गरेको बताए ।

आगामी आर्थिक बर्षका लागी बजेट ल्याएको दाबी गरेको उक्त पालिकाले बजेटको कुनै खाँका नै तयार गर्न नसकेको कर्मचारी स्रोतले वैखरीलाई बताए ।

सम्बन्धित् समाचार