कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाकी उप मेयर सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज गुप्ताले गरेको दुर्व्यवहार र गालीगलौच बिरुद्ध नगरपालिकाका कर्मचारीहरुले पेन डाउन जारी राख्दै कारबाहीको माग गर्दै प्रशासन कार्यालमया ज्ञापन पत्र बुझाएका छन । गत असार ८ गते संजयले नगरपालिका परिसरमै कार्यालय प्रमुख सहीत कर्मचारीलाई दुर्व्यवहार गरी गाली गलौच गरे पछि त्यसको बिरोधमा कारबाहीको माग गर्दै पेन डाउन गर्दै आएका छन ।
नगरपालिकाका कर्मचारीहरुले प्रशासन कार्यालय अघि बिरोध प्रर्दशन र नाराबाजी गरी प्रजिअ शंकर हरि आचार्यलाई ज्ञापन पत्र बुझाएका हुन । नगरपालिकाकाका कर्मचारीको तर्फबाट सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले प्रजिअ आचार्यलाई ज्ञापन पत्र बुझाउदै दोषी उपर कारबाहीको माग गरे । उनले दोषीलाई कारबाही नभए सम्म आफुहरुले पेन डाउन जारी राख्ने भन्दै काम गर्ने वातावरण बनाई दिन आग्रह गरेका थिए ।
सो अवसरमा ज्ञापन पत्र बुझ्दै प्रजिअ आचार्यले कर्मचारीमाथी गरिएको दुर्व्यवहार प्रति ध्यानकषर्ण भएको बताए । आरोपीमाथी नियमानुसार कारबाहीको प्रकृया अघि बढेको भन्दै उनले पेन डाउन फिर्ता लिई काममा फर्कन आग्ह गरे । प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले कर्मचारी दुब्र्यहार गर्नेको खोजी कार्य जारी रहेको बताए ।
मुद्दा दर्ता भईसकोले आफुले नियमानुसार कारबाही गर्ने प्रतिबद्धता ब्यक्त गरे । यस अघि कर्मचारीमाथी दुब्र्यहार गर्ने कपिलवस्तु नगरपालिकाकी उप मेयर सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज कुमार गुप्तालाई कारबाही गर्न कार्यपालिकाको बैठकबाट माग गरिएको थियो । दुब्र्यहारको बिरोधमा कर्मचारीहरु शुक्रबार देखि पेनडाउन गरी बिरोधमा उत्रेका छन । काम गर्ने वातावरण र दोषी उपर कानुन अनुसार कारबाही नभए सम्म पेनडाउन जारी रहने कर्मचारीहरुले लिखित निर्णय समेत गरेका छन ।
प्रमुख प्रसाकीय अधिकृत अर्यालले कर्मचारीहरुमाथी गालीगलौच र दुब्र्यवहार गर्ने गुप्तामाथी प्रचलित कानुन अनुसार कारबाही गर्न प्रहरी कार्यालय उजुरी समेत दिएका थिए । आन्दोलनमा उत्रेका कर्मचारीहरु आईतावार नगरपालिकाको १४ औ सभामा समेत सहभागी भएनन । एम्बुलेन्स, दमकल र सरसफाईको काम बाहेर उनीहरुले अन्य सबै कामहरु शुक्रवार देखि रोकेका छन ।








