गृहपृष्ठ Featured बेटिङ प्रचारको आरोपमा भ्लगर राजकुमार तामाङ पक्राउ

बेटिङ प्रचारको आरोपमा भ्लगर राजकुमार तामाङ पक्राउ

प्रकाशित मिति:

काठमाडौं ।

अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा भ्लगर राजकुमार थापा भन्‍ने राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई शुक्रबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले  जानकारी  दिए । एसपी रेग्मीका अनुसार  पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि प्रहरी परिसर टेकुमा पठाइएको छ ।

यसअघि जेठ ३२ गते अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल ९राजु मास्टर० र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपालीलाई पक्राउ गरेको थियो । सोही दिन प्रहरीले वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो।

पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो।

सम्बन्धित् समाचार