गृहपृष्ठ Featured १५ मिनेटका लागि स्थगित भएको संसद् बैठक अझै भएन सुरु

१५ मिनेटका लागि स्थगित भएको संसद् बैठक अझै भएन सुरु

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन ।

बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर प्रमुख जिल्ला अधिकारीको मातहतमा राख्ने विषय संशोधन नभएको भन्दै विपक्षी दलले आपत्ति जनाएका थिए ।

सभामुखले बैठक सञ्चालनका लागि आग्रह गरे पनि विपक्षी दलले नमानेपछि बैठक स्थगित गरिएको थियो ।
तर, बैठक स्थगित भएको झन्डै एक घण्टा पुग्दा पनि बैठक सुरु हुन सकेको छैन ।

सम्बन्धित् समाचार