गृहपृष्ठ Featured गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध : यात्रु अलपत्र

गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध : यात्रु अलपत्र

अर्घाखाँची ।

अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ । सन्धिखर्क–६ नरपानीको बहखोरामा गएराति पहिरो खसेपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

नरपानीकै दहखोला र शितगंगा–१३ कोन्द्रेखोलामा खसेको पहिरो हटाएको र बहखोराको पहिरो पन्छाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

सडक बन्द हुँदा सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क भित्रिने यात्रु बीचबाटोमै रोकिएका छन् ।

सम्बन्धित् समाचार