गृहपृष्ठ Featured बर्दियामा हिरासतबाट फरार दुई जना पक्राउ

बर्दियामा हिरासतबाट फरार दुई जना पक्राउ

बर्दिया ।

बर्दियामा इलाका प्रहरी कार्यालय ढोडरीको हिरासतबाट फरार दुई जना शनिबार पक्राउ परेका छन् । शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली शनिबार विहान पौने एक बजे पक्राउ परेका हुन् ।

उनीहरु ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ परेका थिए ।

उनीहरुलाई मधुवन नगरपालिका–५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ परेका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

सम्बन्धित् समाचार