गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा १५ प्रतिशत रोपाइँ  

कपिलवस्तुमा १५ प्रतिशत रोपाइँ  

प्रकाशित मिति:

कपिलवस्तु ।

कृषकहरूले मलखादको अभावबिच रोपाइँ सुरु गरेका छन्। कृषि ज्ञान केन्द्र कपिलवस्तुका अनुसार मध्य असारमा जिल्लामा १५ प्रतिकश बढी रोपाइँ भएको छ। यस वर्ष सिँचाइ अभाव र मलखादको चरम अभाव रहेको कृषकहरू बताउँछन्।

स्थानीय कृषकले बिउ र मलको अभावबिच बल्लतल्ल रोपाइँ गरेको बताए। ‘मलखाद र उन्नत बिउ दिने सरकारको नारा अहिलेसम्म पूरा भएको छैन,’ उनले भने। सहुलियतको सरकारी मल त कृषि सहकारीको हातमा मात्र जाने गरेको उनले गुनासो गरे।

जिल्लामा ७१ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ। जसबाट सवा २ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ। जिल्लामा राधा चार, सावित्री, सावा, मन्सुली, काला नमकलगायत प्रजातिका धान लगाइन्छ।

सम्बन्धित् समाचार