वैखरी अनलाइन , कपिलवस्तु ।
फोकस नेपाल संस्थाले कपिलवस्तुको बाणगंगा १ बैरिया स्थित आवर विज्जडम आवासिय माध्यमिक विद्यालयलाई उत्कृष्ट मा.वि.सम्मान–२०८० बाट सम्मानित गरेको छ । फोकस नेपालले यस अघि विद्यालयलाई २०७९ मा शिक्षा सेवा सम्मानबाट पुरस्कृत गरेको थियो ।
फोकस नेपालले कपिलवस्तुको एक मात्र विद्यालय आवर विज्जडम आवाशीय मा.वि.लाई काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गरी उत्कृष्ट राष्ट्रिय मा.वि. सम्मान २०८० बाट सम्मानित गरिएको विद्यालयका प्राचार्य नारायण शर्मा न्यौपानेले जानकारी दिए।
न्यौपानेले आफ्नो कार्य व्यस्ततका कारण कार्यक्रममा सहभागी हुन नसकेको र प्रमुख अतिथि पूर्व मन्त्री तथा सांसद अर्जुन नरसिंह के.सीबाट विद्यालयका प्रतिनिधिको रुपमा सुपुत्र सुभम शर्मा न्यौपानेले पुरस्कार ग्रहण गरेको बताए ।









