बुटवल ।
रुपन्देहीको तिलोत्तमामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
तिलोत्तमा–१० कान्छी बजारका ३८ वर्षीय महेश श्रेष्ठको आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बिजुलीको पोलमा तार मर्मत गर्ने क्रममा करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।