गृहपृष्ठ खबर कपिलवस्तुको महाराजगञ्ज ः बिकासमा गुणस्तरीयता र सुशासनमा अब्बल

कपिलवस्तुको महाराजगञ्ज ः बिकासमा गुणस्तरीयता र सुशासनमा अब्बल

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा
कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका अहिले जिल्लामा बिकास र सुशासनका क्षेत्रमा चर्चामा रहेको छ ।

पालिकाको नगर प्रमुख रहेका अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीको कामप्रतिको परिपक्वता कारण नगरमा हुने प्राय बिकासका काममा गुणस्तरीयता र सेवा प्रवाहका बिषयमा सुशासन भएकाले नगरको चर्चा चुलिदै गएको हो ।

नगरभित्र सञ्चालन हुने हरेक बिकास निमार्णका काममा नगर प्रमुख अब्दुल कलाम आफैँ बारम्बार योजनाको अनुगमन गर्ने, गुणस्तरीयता नभए ठेकेदारसगं आफै सवालजवाफ गर्ने गरेका कारण नगरभित्रका काममा प्रभावकारिता देखिएको हो ।

 

उता नगर प्रमुख प्रशासकीय अधिकृतपनि हरेक समय नगरको बिकासमा केन्द्रित रहेको पाइएको छ ।

अनुभवका हिसावले परिपक्व र ज्ञानका हिसावले बौद्धिक चेतना भएका अनुभवी कर्मचारी भएकाले नगरभित्र दायाँबाया नहुने सरोकारवाला बताउछन ।

कपिलवस्तु जिल्लाका १० पालिका प्रमुख मध्ये जिल्लाका संचारमाध्ययममा सबै कम नाम आउने प्रमुख हुन “महाराजगञ्जका अब्दुल कलाम खाँ” ।

न त उनी मिडियामानै आएर आफुले गरेका कामको प्रचार गर्न रुचाउछन न त आफनो भाषणमा मैले गरेको काम हो भन्दै जसनै लिन्छन । उनी अहिले केवल दिर्घकालिन रुपमा महाराजगञ्ज नगरपालिकाको बिकास चाहान्छन ।

उनी अहिले दैनिक रुपमा १६ घण्टा नगरकै बिकासमा केन्द्रित छन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुका सभापति समेत रहेका कलाम पार्टीको नेतृत्सगै नगरको नेतृत्वपनि दु्रत गतिमा हाकी रहेका छन ।

गत बैशाख ३० गते स्थानिय तहको निर्वाचनान पुनः नगर प्रमुख दोहोरीएका उनी झन झन लोकप्रिय बन्दै गएका छन ।“कुरा होइन, जनतालाई बिकास चाहाीइएको छ, त्यसैले बिकासमै केन्द्रित छु ” उनले वैखरी अनलाइनलाई बताए ।

अव जनताले नेताको कुरा वा भाषण सुन्न मन पराउदैनन् , बिकास हेरेर काम गर्छ कि गर्दैन त्यही हेरेर जनताले मुल्याकंन गर्छ उनको भनाई छ ।

शिक्षा, स्वास्थ्य, सडक निमार्ण, पर्यटनका क्षेत्रलाई आफुले प्राथमिकता दिदै आएको उनको भनाई छ । उच्च शिक्षा हासिल गर्न बालबालिका तथा युवालाई बाहिर जान नपरोस, सुलभ रुपमा नगरमै स्वास्थ्य उपचार मिलोस भन्ने ध्येयका साथ आफु निरन्तर काम गरी रहेको कलामले बताए ।

काम गर्नसाथ आफै प्रचार हुने बिश्वास मेरो छ, त्यसैले होहल्ला र प्रचारबाजी गर्न म त्यती रुचाउदीन उनले बताए ।

महाराजगञ्ज सुशासनमा समेत अब्बल
नमा महाराजगंज नगरपालिका उत्कृष्ट छ । मुल्याकंनका १७ वटा सुचकलाई आधार मान्दा महाराजगंज उत्कृष्ट बन्न सफल भएको हो ।
महाराजगंजले ६८ दशमलव ६७ अंक प्राप्त गरि जिल्ला प्रथम भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राजस्व सकंलन लक्ष्य पूरा गरेको, संचित कोषा ब्यवस्थापन प्रणाली लागू गरेको, आवधिक योजना तर्जुमा गरेको, नीति कार्यक्रम तथा बजेट समयमा पेस गरेको, आयब्यय प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण समयमै पेस गरेको लगायतका १७ वटा सुचांक पूरा गरेकोले जिल्लामा प्रथम समेत भएको हो ।

यसरी पालिकालाई सुशासनमा अब्बल बनाउन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीको पनि अहम भुमिका छ भने प्रशासन शाखा प्रमुख निरञ्जन उपाध्यायको पनि ठुलो साथ छ ।

सम्बन्धित् समाचार