गृहपृष्ठ Featured आज गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती

आज गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती

काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

१९८१ असार १८ गते जन्मिएका  कोइरालाको २०६६ चैत ६ गते निधन भएको थियो। जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी र प्रज्ज्वलनलगायतका कार्यक्रम गर्दैछन्।

सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा कोइरालालले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएका थिए।

सम्बन्धित् समाचार