सुर्खेत ।
जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलाका एक जना दलित समुदायका युवाले गैर दलित समुदायकी किशोरी भगाएपछि घरमा आगजनी गरिएको छ। किशोरी पक्षले घरमा आगो लगाएको प्रारम्भिक सोधपुछका क्रममा खुलेको छ ।
गिडीखोलाका मुकेन्द्र नेपालीले असार ११ गते गाउँकै गिरी थरकी किशोरीलाई भगाएका थिए। त्यसको चार दिनपछि शनिवार राति उनको घरमा आगलागी भएको हो।
आगजनी गरेको आरोपमा २१ वर्षीय हिक्मत गिरी आइतबार पक्राउ परेका छन्। उनी किशोरीका दाइ हुन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पक्राउ परेका गिरीलाई आज म्याद थप गरिनेछ। उनी विरुद्ध आइतबार नै लोकेन्द्रका दाइ भरतले जाहेरी दिएका थिए।
भरतका अनुसार २१ वर्षीय मुकुन्द नेपालगन्जमा अध्ययन गरिरहेका थिए। केही महिनादेखि गाउँमै बसेका उनले गाउँकै १४ वर्षीया गिरी थरकी किशोरी भगाएर लिएका थिए।
प्रहरीका अनुसार लोकेन्द्र र उनीसँग भागेकी युवतिको खोजी भइरहेको छ।