गृहपृष्ठ Featured स्थापना दिवसमा वृक्षारोपण

स्थापना दिवसमा वृक्षारोपण

प्रकाशित मिति:

कपिलवस्तु ।

उद्योग व्यापार संघ कपिलवस्तुले स्थापना दिवसको अवसरमा वृक्षारोपण गरेको छ । संघले प्रथम स्थापना दिवसको अवसरमा वृक्षारोपण गरेको हो । बाणगंगा नगरपालिका- ५ मा अवस्थित मधौलिया वन उद्यान पार्कमा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण गरिएका पाँच थरिका विरुवा हुर्काउने जिम्मा पनि संघ आफैले लिएको जनाएको छ ।

वृक्षारोपण कार्यक्रमलाई संम्बोधन गर्दै उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल ‘कोपिल’ ले बाणगंगाको चिनारीको रुपमा स्थापित हुन सफल मधौलि वन उद्यान पार्क ‘लभ पार्क’ लाई थप सौन्र्दयता प्रदान गर्नका लागि सबैले भुमिका खेल्नुपर्ने बताए ।

उनले बाणगंगाको मात्र नभएर रष्ट्रको आर्थिक संवृद्धिका लागि वन र उद्यान पार्कले महत्वपुर्ण भुमिका खेलेको बताए ।

सम्बन्धित् समाचार