गृहपृष्ठ Featured घट्यो हवाई भाडा, काठमाडौं–भैरहवाको भाडा दुई हजार ८०० (सूचीसहित)

घट्यो हवाई भाडा, काठमाडौं–भैरहवाको भाडा दुई हजार ८०० (सूचीसहित)

प्रकाशित मिति:

काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडा घटाएको छ । प्राधिकरणले बुधबारदेखि लागु हुने गरी हवाई भाडादर घटाएको हो ।

नेपाल आयल निगमले गए रातिदेखि लागु हुने गरी इन्धनको मूल्य घटाएपछि निगले भाडा घटाएको हो । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो ।

नयाँ भाडादरअनुसार काठमाडौं–धनगढीको भाडा ६१५ रुपैयाँले घटेर ६ हजार १० रुपैयाँ पुगेको छ ।

काठमाडौं–भद्रपुर भाडा ४२० रुपैयाँले घटेले चार हजार ८५ रुपैयाँ कायम भएको छ ।

काठमाडौं–विराटनगर तीन हजार २६५ रुपैयाँ, काठमाडौं–जनकपुर एक हजार ७५० रुपैयाँ, काठमाडौं–भरतपुर एक हजार ४५५ रुपैयाँ, काठमाडौं–पोखरा दुई हजार १५५ रुपैयाँमा झरेको छ ।

काठमाडौं–भैरहवाको भाडा दुई हजार ८०० रुपैयाँमा झरेको छ ।

F0LPOwIaUAAbdH_1688462923.jpg

F0LPMSkaAAAqG_i1688462926.jpg

F0LPNv2aIAAumdh1688462926.jpg

सम्बन्धित् समाचार