गृहपृष्ठ Featured सरकारको कदमले नागरिकता नपाएका परिवारमा खुशी छायो ः मन्त्री आर्चाय

सरकारको कदमले नागरिकता नपाएका परिवारमा खुशी छायो ः मन्त्री आर्चाय

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।
नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री सुरेन्द्रराज आर्चायले सरकारको कदमले नागरिकता नपाएर अनागरिक बनेका नेपालीहरुको परिवारमा खुशी छाएको बताउनु भएको छ ।

महाराजगंज नगरपालिकाको १३ औँ नगर सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

लामो समयदेखि नागरिकता पाउने आसमा बसेका नागरिकलाई यो भन्दा अगाडिका सरकारले आस मात्र देखाएपनि यो सरकारले भने काम गरेर देखाएको उहाँले बताउनु भएको छ । यो भन्दा अगाडि दुबै संसद बाट पास भएको नागरिकता विद्येयकलाई पनि पुर्व राष्ट्रपती विद्यादेवी भण्डारीले पटक पटक रोक्नु गलत भएको उहाँको ठम्याई रहेको छ ।
उच्च शिक्षा हासिल गर्दा सम्म पनि नागरिकता बाट बञ्चित भएर विभिन्न अवसरहरु गुमाइरहेका नेपालीहरुको लगि अहिलेको सरकारले नागरिकता प्रदान गरेर महत्वपुर्ण कार्य गरेको उहाँले बताउनुभएको छ । नागरिकता विद्येयक पास गरेपनि सरकारले वास्तविक नेपालीलाई नागरिकता प्रदान गर्नुपर्ने उहाँले बताउनुभएको थियो ।
यसैबिच आर्चायले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको बिकास आफनो पहिलो प्राथमिकतामा रहेको बताएका छन ।

महाराजगंजको बिकासको अवस्थामा बारे आफु राम्रोसगं जानकारी भएकाले यस नगरपालिकाको बिकासलाई आफुले प्राथमिकतामा राखेको बताएका छन । आर्चायले महाराजगंज नगरपालिका आफनो क्षेत्रमा पनि पर्ने भएकाले यसको बिकासमा नेतृत्वदायी भुमिका खेल्ने दायित्व आफनो भएकाले सो अनुसार काम गर्ने बताए ।

नगरलाई कृषी, पर्यटन, रोजगारी, आर्थिक तथा सामाजिक क्षेत्रमा बिकास गर्न आफुले योजना बनाएको बताउदैँ सबैसगं सहकार्य गर्दै अगाडी जाने समेत सो अवसरमा उनले बताए ।

उनले यस क्षेत्रमा सिचाईको ब्यवस्थापनका लागी सम्बन्धीत मन्त्रालयसगं सहकार्य गरी रहेकाले पनि काम हुने र ब्यवसायिक कृषीमा लाग्न आग्रह गरेका छन ।
नगरसभा नगर प्रमुख अब्दुल कलाम खाँको अध्यक्षता महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री सुरेन्द्रराज आर्चायको प्रमुख आथित्यता, प्रशासन शाखा प्रमुख निरञ्जन उपाध्यायको स्वागत तथा एम.आइ.एस अपरेटर बृजेश यादवको सञ्चालनमा सभा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार